काठमाडौँः कुवेतस्थित नेपाली दूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमणमा सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको पुष्टि गरेको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको औपचारिक पुष्टि गरेको हो ।

तामाङको मृत्युबारे बिहीबारदेखि विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएको थियो । दूतावासका अनुसार तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउनेलगायत आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढाइनेछ ।

यसैबीच, कुवेतमा रहेका सबै नेपालीलाई कुवेती सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन र सुरक्षित स्थानमा बस्न दूतावासले आग्रह गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय