काठमाडौँः विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचार अभियोगमा मुछिएका जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै ८ असार २०८३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पासपोर्ट छपाइसम्बन्धी ठेक्कामा करिब १८ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको विषयमा अख्तियारले १० अर्ब १३ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय