काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मधेश प्रदेशका सांसदहरूसँग छलफल थालेका छन् ।
यसअघि उनले मधेश केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गरेका थिए । त्यसलगत्तै मधेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग दोस्रो चरणको छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मधेशका सांसदहरू मनिष झा, रोहबर अन्सारी, राजकिशोर महतो, रवि महतोसहित १३ जना सांसद सहभागी छन् । पछिल्ला दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनाव अन्त्य गरी सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले सरोकारवालासँग निरन्तर छलफल गरिरहेका छन् ।
उनले बुधबार मात्रै देशवासीका नाममा सम्बोधन गरेका थिए भने राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेटघाट तथा टेलिफोन संवाद गरेका थिए ।






