काठमाडौँः गृहमन्त्री सुदन गुरुङको निर्देशनमा मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ ।
संवेदनशील क्षेत्रमा ड्रोनमार्फत अनुगमन तीव्र बनाइएको सुरक्षा निकायले जनाएको छ । सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पु¥याउने, अफवाह फैलाउने वा कानुनविपरीतका गतिविधिमा संलग्न जोकसैलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । स्थानीय प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न आग्रह गरेको छ ।






