काठमाडौँः सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव खलल पुर्‍याउने सामग्री फैलाएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट पाँच र धनुषाबाट तीन जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव बिथोल्ने तथा साम्प्रदायिकता भड्काउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ । १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको थियो ।

त्यसयता तराईका अन्य जिल्लामा पनि तनाव फैलिएको छ भने हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय