काठमाडौँः नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा सोमबार बिहान ढुङ्गा खस्दा यातायात प्रभावित भएको छ ।
हाल सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम सुरु गरिएको छ । थप ढुङ्गा नझरे केही समयमै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ । प्रहरीले उक्त सडक पहिरोको उच्च जोखिममा रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।






