काठमाडौँः जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज अवस्थालाई ध्यानमा राख्दै जिल्लामा कफ्र्यु तथा निषेधाज्ञा जारी गरिएको थियो । आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव ¥याली आयोजना गरिएको थियो । र्यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
प्रशासनले हाल जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको जनाएको छ । साथै सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने वा शान्ति खल्बल्याउने गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ ।






