काठमाडौँः सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बिहान यात्रुबाहक बस र कार ठोक्किँदा कार सुनकोशी नदीमा खसेर चार जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले बिहान करिब ११ः३० बजे कारलाई ठक्कर दिँदा कार करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो । कारभित्र चार जना सवार रहेको खुलेको छ । घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गोताखोरसहितको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य सुरु गरेको छ। तर, सुनकोशी नदीमा आएको बाढीका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय