गोरखाको आरुपोखरीमा निःशुल्क मुटुरोग स्वास्थ्य शिविर आयोजना हुँदै

गोरखा – मुटु रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गोरखाको आरुपोखरीमा निःशुल्क मुटु रोग स्वास्थ्य शिविर आयोजना गरिने भएको छ। आरुपोखरी समाज, काठमाडौं को पहलमा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौं को प्राविधिक सहयोग तथा आरुघाट गाउँपालिका, गोरखा को सहकार्यमा उक्त शिविर सञ्चालन गरिन लागिएको हो।

शिविर आगामी २०८१ फाल्गुन १० गते, शनिबार का दिन आरुघाट–८, आरुपोखरीथोकस्थित श्री दरबार माध्यामिक विद्यालय प्राङ्गणमा हुने छ। यस शिविरमा मुटु रोग विशेषज्ञ डाक्टरहरू सहितको टोली उपस्थित रहनेछ।

आयोजक संस्थाका पुर्व सदस्य एवम् माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला सदस्य श्री आशिष खनालको अनुसार, शिविरमा मुटु रोग सम्बन्धी परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरिनेछ। स्थानीय बासिन्दाहरूलाई समयमै स्वास्थ्य परीक्षण गराउन अनुरोध गरिएको छ, जसले मुटु रोगसम्बन्धी समस्या पहिचान गर्न र आवश्यक सावधानी अपनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

शिविरसम्बन्धी थप जानकारी तथा सम्पर्कका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ:

अध्यक्ष: ९८५११६१४७१

उपाध्यक्ष: ९८५१०९६४३३

सचिव: ९८५६०४००२७

कोषाध्यक्ष: ९८४५१६०४०७

आयोजक संस्थाका पदाधिकारीहरूका अनुसार, यस शिविरले विशेष गरी दुर्गम क्षेत्रका नागरिकहरूलाई मुटु रोग सम्बन्धी उपचार तथा सचेतना प्रदान गर्न मद्दत पुग्नेछ। स्वास्थ्य परीक्षण गराएर आफ्नो मुटुको अवस्था बुझ्न इच्छुक सबैलाई शिविरमा उपस्थित हुन आग्रह गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय