काठमाडौं । अखिल (क्रान्तिकारी) पब्लिक युथ क्याम्पस समितिको संयोजकमा रोशन कालिकोटे चयन भएका छन् । क्याम्पसका युवा विद्यार्थी किर्तन अधिकारीले नवनिर्वाचित संयोजक कालिकोटे र उनको टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

अधिकारीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भने, “मेरो प्यारो दाइ रोशन कालिकोटे संयोजक पदमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना । आशा छ, तपाईंको नेतृत्वमा विद्यार्थीहरूको हकहित र अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान रहनेछ।“

पब्लिक युथ क्याम्पसमा विद्यार्थी संगठनहरूको सक्रियता बढ्दो छ, र अखिल (क्रान्तिकारी)ले विद्यार्थीका आवाज बुलन्द गर्दै आएको छ । नव–निर्वाचित संयोजक कालिकोटेले विद्यार्थीहरूको समस्यालाई संस्थागत रूपमा उठान गर्दै तिनको समाधानका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धा र सहकार्य दुवै देख्न सकिन्छ । नेतृत्व चयनपछि विद्यार्थीहरूबीच उत्साहजनक वातावरण सिर्जना भएको छ। आगामी दिनमा पठनपाठन, सुविधासम्पन्न शैक्षिक वातावरण निर्माण, तथा विद्यार्थी अधिकारका विषयमा नव–निर्वाचित नेतृत्वको ध्यान केन्द्रित रहने अपेक्षा गरिएको छ।

नव–निर्वाचित संयोजक रोशन कालिकोटे र उनको टिमले आगामी दिनमा कसरी संगठनलाई अगाडि बढाउनेछन् भन्ने सबैको चासोको विषय बनेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय