काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो । मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए । उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश आएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

२० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ । अब २ वर्ष ४ महिना कैद बाँकी रहे पनि उनले एक वर्ष नै कैद छुट पाएका हुन् । उनले बाँकी १६ महिना मात्रै कैद भुक्तान गरे हुने भएको छ ।

तरबारले चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा मनाङे २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय