टोकियो ! कामबाट कोठामा आएर सुतिरहेको अबस्थामा टिकापुर कैलालीका भरत धामीको जापानको गुन्मा प्रान्तको सिबुखा स्थित आफ्नै कोठामा मृत्यु भएको छ ।

एक बर्ष अघि वुबाको मृत्यु पछि नेपाल गएका धामी नेपालबाट जापान फर्किएको करिब ६ महिना पछि कोठामा नै मृत भेटिएका हुन। धामीको परिवारमा आमा र बहिनी रहेको बुझिएको छ ।

आज भन्दा ६ बर्ष अघि बिद्यार्थी भिषामा जापान आएका २७ बर्षिय धामीले विगत २ बर्य देखि होटलमा स्थाई कर्मचारीका रुपमा काम गरेका थिए । बुबाको मृत्यु पछि काज- किरिया गर्न नेपाल गएका धामीको मृत्यु के- कारणले भएको हाे भन्ने खुल्न नसकेको र १३ तारिक प्रहरीको रिपोर्ट आएपछि मात्र थाहा हुने बताईएको छ ।

मृतक धामीको अन्तेष्टी जापानमा नै गरिने

गरिब परिवारमा जन्मिएका धामीको परिवारले शव नेपाल पठाउन अनुरोध गरेपनि परिवार र जापानमा रहेको आफन्तको सल्लाहपछि धामीको शवलाई जापानमा नै अन्तेष्टी गरिने सुदुर पश्चिम समाजका संरक्षक युवा व्यवसायि पंकज मजगाईले जानकारी दिएका छन ।

मजगाईका अनुसार धामीको शवलाई अन्तेष्टी गर्नका लागि सुदुर पश्चिम समाज, विभिन्न संघसंस्था लगाएत जापान मा बसाेबास गर्नै सम्पुर्ण नेपाली हरुबाट सहयोग संकलन शुरु गरिएको बाँकी रकम नेपालमा परिवारलाई पठाउने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय