काठमाडौं । भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी रहेको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण गाडी आफै अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय