काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताएका छन् ।

बुधवार माईतीघर मण्डलामा पार्टीको तर्फबाट आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराइले एकथरी मानिसहरु फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठीक नरहेको बताए । उनले राजतन्त्र समस्याको समाधान नभएको टिप्पणी गरे ।

भट्टराइले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोटे राजाको संज्ञा दिँदै अहिलेसम्म देश र जनताको लागि कुनै काम नगरेको दाबी गरे । भट्टराइले आफू सरकारमा भएसम्म सबै ठीक र सरकार बाहिर गएपछि सबै सकियो भन्ने परिपाटी अहिलेका तीन नेताहरुले देखाउने गरेको बताए ।

पूर्वप्रधानमन्त्री डा। भट्टराईले आयुर्वेदले पूर्ण उपचार गर्न नसक्ने जिकिर गर्दै कांग्रेस सभापति देउवा, प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाललाई वैद्यरुपी टाउको भन्दै उनीहरु जति पटक दोहोरिएपनि देशको समस्या समाधान हुन नसक्ने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय