काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको देउवाको भनाई छ । । यसमा पार्टीको दोष नभइ संविधान नै त्यस किसिमको रहेको देउवाले बताए ।

यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको भन्दै अहिलेको संविधान धेरै राम्रो रहेको उल्लेख गरे । देउवाले समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताए ।

सभापति देउवाले नेपालको गाउँपालिकाहरुमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताए । महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको पनि देउवाले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय