
काठमाडौं । जिल्ला प्रहरी कार्यालयले चार सय ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित लक्ष्मीनिया चोकमा प्रहरीले उक्त परिमाणको गाँजासहित मिनीट्रक र चालकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मधेस प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनीट्रक जाँच गर्दा ३४ वटा प्लास्टिकले बेरिएका पोकामा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेको प्रहरीले बताएको छ ।
आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बरामद गरिएको गाँजा, मिनीट्रक र पक्राउ परेका चालक मकवानपुर पालुङ नगरपालिका–२ फाँटबजार बस्ने २४ वर्षीय सञ्जिव सिन्तानलाई सार्वजनिक गरिएको हो । सिन्तानलाई जिल्ला प्रहरी कार्यालयमा राखेर यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।