काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए । प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको एक अधिकृतले बताए ।

गौतमनिकट स्रोतले भने अदालतबाट फैसला भएर आएको कतिपय घटनामा पहिल्यै मिलापत्र भइसकेका र रुजु भएर आउन बाँकी रहेका कारण समस्या देखिएको जनाएको छ । ‘मिलापत्र भइसकेका घटनाहरु हुन्, त्यसको पत्र आउन बाँकी छन्’, स्रोतले भन्यो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय