काठमाडौं । राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले २४ घण्टाभित्र रिहा नगरिए देशभर विरोध कार्यक्रम सञ्चालन गर्दै आन्दोलनलाई तीव्र बनाउने निर्णय भएको जानकारी दिए।

राप्रपाले तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मेवारी सरकारकै रहेको आरोप लगाएको छ। शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा मिश्र, राणा लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय