काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) ले राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न ‘मिसन ब्लु– प्रिन्ट कार्यदल’ गठन गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य छन् । पार्टीले लिडरसिप एकेडेमी र उम्मेदवार क्लबलाई कार्यान्वयनमा लैजान सहमामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी दिएको छ ।

पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजनको जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पाएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय