काठमाडौं । यही चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा प्रहरीले गल्तीबाट विद्यार्थी रेविका खत्रीमाथि गोली चलाएको प्रष्टोक्ति गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भने, भाटभटेनी सुपर स्टोरमा भएको लुटपाट नियन्त्रण गर्ने क्रममा बल प्रयोग गर्दा गोलीको असर रेविका र उनका दाजु दिनेश खत्रीलाई परेको हो ।

आचार्यले थप भने, “लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएको थियो । त्यो स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहार गरिएको गोली लागेको हुनुपर्छ ।”

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय