काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटना सम्बन्धमा न्यायिक छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको बैठकपछि समिति सभापति विमला सुवेदीले तीनकुने घटनाका सम्बन्धमा पूर्वप्रधानन्यायधीश वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको बताए ।

सभापति सुवेदीले निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गर्नुपर्ने बताए । तीनकुने घटनाले मानव अधिकारको विश्वव्यापी घोषणपत्रको गम्भीर उल्लङ्घन गरेको उनको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय