काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानको दायराभित्र रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

बुढीगंगा गाउँपालिका–१ मा निर्माण हुन लागेको बुढीगंगा पार्कको शिलान्यास गर्दै उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सबैलाई भए पनि कुनै पनि प्रकारको हिंसा, आतंक, तोडफोड वा आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

नेता कोइरालाले गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरू सुधारिन जरुरी रहेको बताउँदै उनले जनताको मन जित्न दलहरूले आफूलाई सुधार्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार निर्माण भए पनि संविधान संशोधन, सुशासन, आर्थिक विकास, तथा रोजगारी सिर्जना जस्ता महत्वपूर्ण विषयमा अपेक्षित प्रगति हुन नसकेको बताए ।

नेता कोइरालाले नेपालमा कृषि, जलविद्युत, जडीबुटी तथा पर्यटनका व्यापक सम्भावना रहेको भन्दै तिनको उचित सदुपयोग गरी युवाहरूलाई स्वरोजगार बनाउन सकिने र देशलाई समृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याए ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय