काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था संक्रमणकालीन र जटिल बन्न थालेपछि मुख्य प्रतिस्पर्धामा उत्रनुपर्ने दुई ठूला दल (नेकपा एमाले र नेपाली कांग्रेस) एक ठाउँमा उभिनपरेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित हिमालयन डाइलगलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले एक हुनु राष्ट्रिय एकतातर्फको सबैभन्दा ठूलो र महत्त्वपूर्ण बाटो भएको जिकिर गरे ।

‘नेकपा एमाले र नेपाली कांग्रेसजस्ता मूल प्रतिस्पर्धीहरू एकै ठाउँमा मिलेर राष्ट्रका समस्या समाधान गर्न तयार छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘जसले प्रतिस्पर्धा गर्नुपथ्र्यो अहिलेको अवस्थालाई संक्रमणकालीन लाग्यो, जटिलता थपिन लाग्यो भनेर यी जटिलतालाई समाधान गर्नका लागि एक ठाउँमा मिलेर संयुक्त प्रयास दिन लागेका छन् । राष्ट्रिय एकताको बाटो होइन यो ?’

उनले कांग्रेस–एमाले बाहेकका दल प्रतिस्पर्धामा नभएको भन्दै दुई ठूला दल एक हुनु नै राष्ट्रिय एकतातर्फको सबैभन्दा ठूलो स्टेप भएको उल्लेख गरे ।

‘अरु पार्टीहरू प्रतिस्पर्धामा होइन नि त । प्रतिस्पर्धामा कांग्रेस र एमाले छन् नि । कांग्रेस र एमाले एक हुनु भनेको राष्ट्रिय एकतातर्फको सबैभन्दा ठूलो र मेजर स्टेप हो,’ प्रधानमन्त्री ओलीले भने । वर्तमान सरकार रस्साकस्सीकाबीच नचलेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय