काठमाडौं । विद्यालय कर्मचारीले नयाँ आन्दोलनको घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्ले शुक्रबार चरणवद्ध आन्दोलन घोषणा गरेको हो ।
परिषद्ले बब्बनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ । यसअघि एक महिना लामो आन्दोलनमा विद्यालय शिक्षक कर्मचारी पनि सहभागी भएका थिए ।
तर, सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले छुट्टै आन्दोलन घोषणा गरेका हुन् ।






