काठमाडौं । गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिका–७ का स्थानियहरू यार्सागुम्बा संकलनको सिजन सुरू भएलगत्तै सपरिवारसहित उच्च लेक तर्फ गएका छन्। स्थानियहरूले चौंरी, घोडा, साना बच्चा र आवश्यक बन्दोबस्ती सामान सहित पाल टाँगेर बस्ने तयारीसहित यार्सा खोज्न लेक पुगेका हुन्।

स्थानिय दाबा लामाका अनुसार, “एकदेखि डेढ महिना सम्म यार्साको संकलन चल्ने भएकाले हामी सोही अवधिसम्म माथि नै बस्ने गर्दछौं।” अर्का स्थानिय शेरप दोर्जे लामाले सम्पूर्ण सामाग्री झोक्पे र घोडामा बोकाएर उच्च खर्कतर्फ लागेको जानकारी दिए।

चुमनुब्री–७ का छिरिङ लामाका अनुसार, “४,००० मिटरभन्दा माथिका खर्कहरूमा यार्सागुम्बा पाइन्छ।” उनले छेकेखर्क, भोज्यो खर्क, कालुंखर्क, फच्युन खर्क लगायतका स्थानहरूमा पाल टाँगेर किरा संकलन गरिने बताए।

यस सिजनमा तलका गाउँहरूमा वृद्धवृद्धा मात्र रहने र अन्य सबैजना यार्साको खोजीमा लेक जाने गरेको स्थानियहरूको भनाइ छ। यस क्षेत्रको प्रमुख आम्दानीको स्रोत यार्सागुम्बा भएकाले सिजन सुरु भएलगत्तै सबैजना जुट्ने गरेको स्थानियहरूले बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय