काठमाडौं । बिहीबार, नेपाली बजारमा निरन्तर तेस्रो दिन सुनको मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय