गोरखा – नेपाल शिक्षक संघ गोरखाका विशिष्ट सदस्य तथा गणित विषयका अनुभवी शिक्षक श्री भगवान शाक्य हालै सम्पन्न प्रधानाध्यापक छनोट प्रक्रियामा सफलता प्राप्त गरी श्री संस्कृत माध्यमिक विद्यालय, भिमसेनथापा–३, गोरखाको प्रधानाध्यापक पदमा नियुक्त हुनुभएको छ।

उहाँको नियुक्ति शिक्षा नियमावली २०५९ को नियम ९३(५) र अनुसूची १३ अन्तर्गतको प्रक्रिया मार्फत भएको हो। लामो समयदेखि अध्यापनमा समर्पित रहँदै आउनुभएका शाक्य उत्कृष्ट शैक्षिक क्षमताका साथै पारदर्शी, जिम्मेवार र समावेशी नेतृत्व क्षमताका लागि परिचित

भगवान शाक्य विगत एक दशकदेखि शिक्षण पेशामा सक्रिय हुनुहुन्छ। विशेषगरी गणित विषयमा उहाँको सरल र प्रभावकारी शिक्षण शैलीले विद्यार्थीहरूबीच गहिरो प्रभाव जमाएको छ। समयपालन, अनुशासन, प्रविधिमैत्री शिक्षण र विद्यार्थी–अभिभावकसँगको सशक्त संवाद उहाँको कार्यशैलीका विशेष पाटो !

श्री शाक्य नीतिगत स्पष्टता, सहकार्य, तथा परिणाममुखी कार्यशैलीमा विश्वास राख्नुहुन्छ। विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास, र सहकर्मी शिक्षकहरूको सशक्तिकरणमा उहाँले निरन्तर अग्रसर भूमिका खेल्दै आउनुभएको छ।

नेपाल शिक्षक संघ गोरखामा उहाँले विगतमा विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शिक्षकमैत्री नीति निर्माण, पेशागत हक–हितको संरक्षण, तथा विद्यालय सुधार अभियानमा महत्वपूर्ण योगदान दिनुभएको

श्री शाक्यको प्रधानाध्यापक पदमा नियुक्तिप्रति शिक्षक समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक समूह, विद्यार्थी तथा जिल्ला शिक्षा प्रशासनले प्रसन्नता व्यक्त गर्दै उहाँको सफल कार्यकालको शुभकामना प्रकट भएको छ !
यस नियुक्तिपछि श्री संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सुधार, प्रशासनिक प्रभावकारिता र नवीन पहलहरू अघि बढ्ने अपेक्षा गरिएको छ। गोरखा जिल्लाकै एक पुरानो र प्रतिष्ठित विद्यालयको नेतृत्व सम्हाल्न लाग्नुभएका श्री शाक्यबाट शिक्षा क्षेत्रले नयाँ उचाइको आशा गरेको छ !

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय