नेपाली राजनीति फेरि एउटा अनौठो तर महत्वपूर्ण मोडमा आइपुगेको छ। दशकौंसम्म सशस्त्र विद्रोहको नेतृत्व गर्दै व्यवस्था परिवर्तन गराएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परम्परागत राजनीतिक दलहरूको असफलतामा निराश जनताबीचबाट उदाएका स्वतन्त्र छविका पत्रकार र राजनीतिज्ञ रवि लामिछानेबीच २०७९ को चुनाबी परिणामपछी वर्तमानसम्म देखिएको सहकार्य, विगतको कठोर विरोध र वर्तमानको मिलनले गम्भीर विश्लेषणको माग गरेको छ।

माओवादीको आन्दोलनले गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता जस्ता ऐतिहासिक परिवर्तन सम्भव बनायो। राज्यको संरचना परिवर्तन गरियो, तर जनताको अवस्था भने सोचेझै फेरिएन। आन्दोलनका नेतृत्वकर्ताहरू शासनमा पुग्नासाथ आन्दोलनकै सिद्धान्तहरू कमजोर पारे, व्यवहारमा तिनको उल्टो प्रयोग गरे। यही असन्तुष्ट वातावरणमा रास्वपाको उदय भयो सत्ताको परम्परागत ढाँचा र नेतृत्वशैलीको स्पष्ट विकल्पका रूपमा रवि लामिछानेहरु आए।पुरानादलप्रतिको जनआक्रोशको प्रतिनिधि बनेर चितवन २ मा चुनावी मैदानमा उत्रिए, जहाँ उनका मुख्य चुनौती प्रचण्ड थिए तर रवि भन्थे प्रचण्डजस्ता नेतृत्वबाट अब सभब छैन।प्रचण्ड लगायत नेतालाई राजनितिबाट बिस्थापित गर्नुपर्छ भन्ने उद्घोष र उदेश्य रविको थियो।भनौ चुनाबअघि रवि लामिछानेको मुख्य तार्गेट प्रचण्ड थिए।

तर यही रवि लामिछाने चुनावपछिको समीकरणमा प्रचण्डकै नेतृत्वमा बनेको सरकारमा सहभागी भए। गृहमन्त्रीको जिम्मेवारी सम्हालेका रविले सत्ताको केन्द्रमा पुगेर सुरुमा जुन गति र निर्णय क्षमता देखाए, त्यसले राजनीति साँच्चिकै फरक ढंगले गर्न सकिने रहेछ भन्ने अपेक्षा देखियो।प्रहरी प्रशासनमा सुधारदेखि भन्सार नाका कडाईको प्रयाससम्म उनले देखाएको सक्रियता नौलो थियो। अझ आश्चर्य जनक त के भयो भने, प्रचण्डले ती कदमहरूलाई समर्थन मात्र गरेनन, रविका कामको खुलेर प्रशंसा गर्दै”गोअहेड” भन्दै हौसला दिए।राजनीतिक विरोधमा जन्मिएको सम्बन्ध सहकार्यमा रूपान्तरित हुँदै थियो।गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि रविले राज्य संयन्त्रभित्रको अव्यवस्था र भ्रष्टाचारविरुद्ध केही आक्रामक कदम चाल्न थाले। त्यो सक्रियता र स्पष्ट शैलीले पुराना दलहरूमा असहजता पैदा गर्‍यो। यतिखेर उनीविरुद्धको प्रतिशोध चर्किन थाल्यो। शहकारी काण्ड एकाएक सतहमा ल्याइयो,जहाँ कानूनी प्रक्रिया अघि नबढ्दै, प्रमाण र जाँचपड्ताल नटुंगिँदै रविलाई नै अपराधी सावित गर्न खोजियो। संसदीय राजनीतिमा नयाँ अनुहार भएकै कारण उनले पाएजस्तो आक्रामक हेडलाइन, चरित्र हत्या र योजनाबद्ध बदनाम गर्ने रणनीति विरलै देखिन्छ।

त्यस बेला बहुसंख्यक दलहरू मौन बसे,केही त खुलेरै आक्रमणको मुद्रा लिए। तर, त्यो कठिन घडीमा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डबाट देखिएको ‘अप्रत्याशित’ सहानुभूति र साथले राजनीतिक बजारमा तरंग ल्यायो। रविको पक्षमा बोलेर, अनुसन्धानको निष्कर्ष नआउँदासम्म पूर्वग्रह नगरिनु पर्ने तर्क गर्दै, प्रचण्डले रविलाई त्यो कठिन क्षणमा ‘सिधा राजनीतिबाट निस्कन नदिने’ संकेत दिएका थिए।तर प्रचण्ड नेतृत्वको सरकार ढल्यो र काङ्ग्रेस एमालेको बन्यो तब प्रतिसोध साध्दै अहिले रविलाई जेल राखिएको छ।
रवि र प्रचण्डबीच मिलेको ट्युनिङलाई आलोचनात्मक नजरले हेर्नेहरू पनि कम छैनन। यस्ता समीकरणलाई कतिपयले सत्ता स्वार्थ र मौकाको राजनीतिका रूपमा बुझ्न खोज्छन। तर सहकार्य सधैं अवसरवाद हुन्छ भन्ने त छैन। धेरैपटक फरक पृष्ठभूमि, फरक दर्शन र फरक युगका पात्रहरूले पनि साझा उद्देश्यका लागि हातेमालो गरेका उदाहरण विश्व राजनीतिमा अनगिन्ती छन। नेपालको सन्दर्भमा पनि अब नेतृत्वको शैली परिवर्तन, सत्ताको जवाफदेहीता र नतिजामूलक शासन अपरिहार्य विषय बनेका छन्। जनताले विकास हेर्न चाहेका छन्, सुशासन अनुभूत गर्न चाहेका छन्, र भाषण होइन, परिणाम खोजिरहेका छन्।

प्रचण्डको राजनीतिक अनुभव र संस्थागत पकडसँग रवि र रास्वपाको ऊर्जा, लोकप्रियता र निडर कार्यशैली मिल्न सके भने यो सहकार्यले केही अर्थपूर्ण परिणाम दिन सक्छ। यद्यपि, सहकार्यको मूल्य त्यसले दिने नतिजा र कायम राख्ने निष्ठामा निर्भर गर्छ। रवि लामिछानेका लागि सत्तासँगको सहकार्य आफ्ना सिद्धान्तहरूप्रति प्रतिवद्धता कसरी कायम राख्न सकिन्छ भन्ने परीक्षाको घडी थियो भने, प्रचण्डका लागि यो सहकार्य विगतका कमजोरी सुधार गर्दै नयाँ पुस्तालाई ठाउँ दिने परिपक्वताको अवसर थियो।।

यथार्थमा, नेपाली जनताको राजनीतिक चेतना तीव्र रुपमा विकसित भइरहेको छ। अब के भनियो भन्ने होइन, के गरियो भन्ने हेर्ने समय आएको छ। रवि प्रचण्डको यो समीकरण, यदि सत्ता लिप्सा भन्दा माथि उठेर राष्ट्रका साझा एजेन्डामा केन्द्रित भएको हुनाले मुलुकलाई निष्क्रियता र निराशाको चक्रबाट बाहिर निकाल्ने प्रयास गरेको थियो।
राजनीति अब नयाँ कुरा गर्ने समय होइन, नयाँ कुरा गरेर देखाउने समय हो। रवि र प्रचण्डको हिजिजस्तै सहकार्य पनि आगामी दिनमा पनि बनोस,अब जन्ताले भाष्य होइन, परिणामको आधारमा मूल्याङ्कन गर्नेछन।

नवराज सिंखडा जिज्ञासु
भिमसेनथापा ३ गोरखा

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय