
काठमाडौं, २०८२ साउन ६ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) अन्तर्गत उपत्यका विशेष प्रदेश समितिले संगठन सुदृढीकरणका लागि जनक ढुंगानालाई नयाँ कार्यवाहक अध्यक्षको रूपमा नियुक्त गरेको छ।
समितिका अध्यक्ष सञ्जिव रेग्मीको हस्ताक्षरमा जारी गरिएको संगठनको आधिकारिक पत्रमा जनाइएको छ कि ढुंगानालाई संगठनको सांगठनिक कार्यहरूलाई थप सशक्त, प्रभावकारी र गतिशील बनाउन जिम्मेवारी दिइएको हो।
संगठनभित्रको आन्तरिक सशक्तिकरण र आगामी कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन यो नेतृत्व फेरबदल गरिएको समितिको भनाइ छ।