राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वाचापत्र घोषणा सभा गरेको छ। सुर्खेतको घन्टाघरमा आयोजित कार्यक्रममार्फत पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै १०० प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्ने दाबी गर्दै वाचापत्र कार्यान्वयनका लागि समयसीमा र अनुगमन संयन्त्रसमेत बनाइने बताएका छन्।



