विश्वव्यापी ट्राभल टेक्नोलोजी कम्पनी भर्टेल टेक्नोलोजिजले प्रमुख विक्री प्रतिनिधि स्ट्रिम ट्राभल सर्भिसेजमार्फत नेपालमा औपचारिक रूपमा सेवा शुरु गरेको छ।

१९ जेठमा द सोल्टी काठमाडौँमा आयोजित विशेष उद्योगगत कार्यक्रममा ५० भन्दा बढी अग्रणी ट्राभल एजेन्सी तथा पर्यटन तथा उड्डयन क्षेत्रका प्रतिनिधि सहभागी थिए। उक्त कार्यक्रमले नेपालमा आधुनिक एयरलाइन वितरण तथा रिटेलिङ समाधानप्रति बढ्दो बजार रुचि र सम्भावनालाई उजागर गरेको थियो।

भर्टेलले आधुनिक डेटा मानकमा आधारित रिटेलिङ तथा वितरण समाधानमार्फत एयरलाइन्स र ट्राभल विक्रेताहरूलाई सक्षम बनाउँछ।

कार्यक्रममा भर्टेलको टोलीले आफ्नो बिजनेश टु बिजनेश प्लाटफर्म सम्बन्धी विस्तृत प्रस्तुति तथा प्रत्यक्ष प्रदर्शन गरेको थियो। उक्त सत्रमा भर्टेलको आधुनिक डेटा मानक क्षमता तथा आधुनिक एयरलाइन रिटेलिङ उपकरणको प्रयोगबाट एजेन्सीले कसरी सामग्रीमा सहज पहुँच, बुकिङ कार्यक्षमता तथा ग्राहक अनुभवमा सुधार गर्न सक्छन् भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो।

यसैगरी स्ट्रिम ट्राभल सर्भिसेजका कार्यकारी निर्देशक आशिष के. सेनगुप्ताले नेपालमा भर्टेल टेक्नोलोजिजको प्रमुख विक्रेता नियुक्त हुन पाउँदा हामी गौरवान्वित भएको बताए।

नेपालमा भर्टेल टेक्नोलोजिजको आगमनले देशको एयरलाइन वितरण क्षमतालाई थप सुदृढ बनाउने तथा अन्ताराष्ट्रिय एयरलाइन्सहरूको आधुनिक डेटा मानक सामग्रीमा ट्राभल एजेन्सीको पहुँच बढाई नेपालको ट्राभल रिटेलिङ इकोसिस्टमलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय