काठमाडौँ :नेपाल आयल निगमले आजदेखि बजारमा भरी सिलिन्डर ग्यास (१४.२ केजी) बिक्री वितरण गर्ने भएको छ। निगमले मंगलबार एक सूचना जारी गर्दै पूरा ग्याससहितको सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाएको जानकारी दिएको हो। बजारमा भरी सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि ग्यासको अभाव हुन नदिन भन्दै निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर अर्थात् ७.१ केजी मात्र ग्यास दिँदै आएको थियो।
निगमका अनुसार बजारमा पठाइएका आधा सिलिन्डर (७.१ केजी) का ग्यासहरू पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म भने बजारमा आधा र भरी दुवै किसिमका सिलिन्डरको बिक्री वितरण जारी रहने छ।






