सुर्खेत:कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । आज बिहान मन्त्रिपरिषद् बैठकअघि मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन् ।

सरकारबाट बाहिरिनेमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा रहेका छन् । राजीनामापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले मुख्यमन्त्रीलाई जनताको काम राम्रोसँग गर्न आग्रह गर्दै आफूहरूले मार्गप्रशस्त गरेको बताए ।

केन्द्रमा कांग्रेस र एमालेबीच प्रदेश सरकारहरूमा आलोपालो नेतृत्व गर्ने समझदारी भए पनि कर्णालीमा कांग्रेसले तत्कालै आफ्नो नेतृत्वमा सरकार गठन गर्नेबारे ठोस निर्णय सार्वजनिक गरिसकेको छैन । ४० सदस्यीय कर्णाली प्रदेश सभामा ७ सदस्यीय मन्त्रिपरिषद् रहेको थियो, जसमा कांग्रेसका ४ र एमालेका मुख्यमन्त्रीसहित ३ जना मन्त्री थिए । कांग्रेसले समर्थन फिर्ता लिएसँगै तत्कालका लागि कँडेल नेतृत्वको सरकार संकटमा परेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय