गौर:रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
गरुडा नगरपालिका वडा नम्बर ९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा आगो लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं नायब उपरीक्षक बसन्त गौतमका अनुसार, घाइते सहनीको घाँटीमुनिको करिब ३१ प्रतिशत शरीर जलेको छ । गरुडाको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।
घटनाको कारण भने अझै खुल्न सकेको छैन र प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।






