काठमाडौँःकर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेपालको संविधानको धारा १६८(२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार शाहीलाई कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीसँगै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ नेकपा र नेकपा (एमाले)बीच मन्त्रालयको भागबन्डा, मन्त्री संख्या र जिम्मेवारीबारे छलफल जारी छ ।

सहमति जुटेमा शपथलगत्तै केही मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिने सम्भावना रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय