काठमाडौँःगृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन् । सिरहामा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग भेट्ने र जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने उनको कार्यक्रम रहेको छ ।
यो जानकारी गृहमन्त्री गुरुङले सुनसरीको देवानगञ्जमा दिएका हुन् । बिहीबार राति उनले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा पुगेर मृतकका आफन्तसँग भेटवार्ता गरेका थिए । उनको उपस्थितिमा पीडित परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर पनि भएको थियो । सहमतिपछि उनी मोरङको विराटनगर पुगेका छन् । केही समय विराटनगरमा बिताएपछि सिरहा जाने कार्यक्रम तय भएको छ । सुनसरी घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा तनाव जारी रहेका बेला सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवको मृत्यु भएको थियो ।
गृहमन्त्रीले आज मृतकका परिवारसँग भेट्नुका साथै प्रहरी प्रशासनका अधिकारीसँग जिल्लाको पछिल्लो अवस्थाबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।






