काठमाडौँः नर्स ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो आमरण अनशन तोडेकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र रानाभाटबीच भएको सहमतिपछि अनशन अन्त्य भएको हो । सहमतिमा नर्स तथा मिडवाइफसहित स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा–सुविधा निर्धारण गर्न स्वास्थ्य मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गर्ने र उक्त कार्यदलले कम्तीमा ६ महिनाभित्र प्रतिवेदन तयार गर्ने उल्लेख छ । रानाभाटले साउन १४ गतेदेखि १५ बुँदे मागसहित नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन सुरु गरेकी थिइन् ।

उनले सम्मानजनक सेवा–सुविधा, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, भ्रष्टाचारमुक्त नेपाल नर्सिङ परिषद् तथा सुरक्षित स्वास्थ्य प्रणालीको माग राखेकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय