काठमाडौँः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक र राजनीतिक संकटमा पर्दा समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वास गुमाउँदै गएपछि नयाँ–नयाँ विषय उठाएर मूल समस्याबाट ध्यान हटाउन खोजिरहेको बताए । उनले सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारका मुद्दा सरकारी प्रयासले ओझेलमा पार्न नसकिने उल्लेख गरे । कांग्रेसले सरकारको अस्थिरता नचाहेको स्पष्ट गर्दै सुशासन र लोकतान्त्रिक मूल्यमान्यताका आधारमा सरकार बलियो र उत्तरदायी बन्नुपर्ने धारणा दोहो¥याएको छ ।

साथै, सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेका बेला आफूहरू मौन बस्न नसक्ने पनि कांग्रेसले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय