काठमाडौँः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबका बाबजुद राजीनामा नदिने अडान दोहोर्‍याएका छन् ।

मंगलबार गुण्डुमा भएको करिब एक घण्टाको छलफलमा ओलीले नयाँ नेतृत्वका लागि बाटो खुला गर्न आग्रह गरे पनि कार्कीले आफू संविधानको धारा १६८(५) अन्तर्गत नियुक्त भएकाले राजीनामा दिँदा संवैधानिक जटिलता र गलत राजनीतिक सन्देश जाने तर्क गरेका थिए । दुवै नेताले आफ्नो–आफ्नो अडान कायम राखेपछि थप छलफल गर्ने सहमति भएको छ ।

यसबीच कार्कीलाई हटाउने अभियानअन्तर्गत विराटनगरमा प्रदेश सांसदहरूको हस्ताक्षर संकलन भइरहेको स्रोतको दाबी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय