काठमाडौँः प्रधानमन्त्री बालेन शाहले वैशाखदेखि असारसम्मको चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् ।

प्रतिवेदनमा यस अवधिमा भएका काम, मन्त्रिपरिषद्का बैठक तथा निर्णयलगायतका विवरण समेटिएका छन् । वैशाख १ देखि असार मसान्तसम्म मन्त्रिपरिषद्का २१ बैठक बसेर ३८४ निर्णय भएका छन् । यस्तै, विभिन्न मन्त्रिपरिषद् समितिका ८ बैठकबाट १२ निर्णय भएका छन् ।

प्रतिवेदनमा नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ कार्यान्वयनमा ल्याइएको र ‘शून्य बाँकी फाइल’ अभियानका लागि सबै मन्त्रालय तथा निकायबाट प्रगति विवरण माग गरिएको उल्लेख छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय