काठमाडौँः नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षामा १ हजार १३ जना परीक्षार्थी सहभागी भएकामा ९४७ जना उत्तीर्ण भएका छन् भने ६५ जना अनुत्तीर्ण भएका छन् ।

साउन ७ र ८ गते सञ्चालन भएको परीक्षाको देशअनुसारको नतिजाअनुसार नेपालमा अध्ययन गरेका ९१९ जनामध्ये १५ जना मात्रै अनुत्तीर्ण भएका छन् । विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेका परीक्षार्थीमध्ये चीनबाट सहभागी ३७ जनामध्ये २८ जना अनुत्तीर्ण भएका छन् । भारतबाट सहभागी १७ जनामध्ये १३ जना उत्तीर्ण भएका छन्। इजिप्टका १९ जनामध्ये ८, किर्गिस्तानका ५ जनामध्ये २ र फिलिपिन्सका ५ जनामध्ये २ जना उत्तीर्ण भएका छन् ।

पाकिस्तानबाट सहभागी सबै ९ जना उत्तीर्ण भएका छन् भने अमेरिका र बेलारुसबाट सहभागी एक–एक जना अनुत्तीर्ण भएका छन् । काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले यो नतिजाका आधारमा नेपालमा अध्ययन गरेका चिकित्सक राम्रो र विदेशमा अध्ययन गरेका कमजोर भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताएका छन् ।

उनका अनुसार नतिजा प्रशासनिक पारदर्शिताका लागि सार्वजनिक गरिएको हो। परीक्षाको समग्र विश्लेषण तथा चिकित्सा शिक्षाको गुणस्तर मूल्यांकन गर्ने जिम्मेवारी चिकित्सा शिक्षा आयोगको रहेको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय