काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवसँगसंग भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटबार्तामा दीपक्षीय सम्बन्ध र आपसी हितका बिषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । पछिल्लो समय उनले विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेटवार्ता नगर्ने नीति लिएका थिए ।

भारतीय र चिनियाँ राजदूतसँगको भेटपछि शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले सोमबारै चीनीयाँ राजदुतसंग भेट्दैछन् ।ं

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय