काठमाडौँ :-  सरकारले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न र वैदेशिक लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्न निजी क्षेत्रसँगको छलफललाई तीव्र बनाएको छ। यसै क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा सञ्चालित मुलुकका प्रमुख २० बहुराष्ट्रिय कम्पनीका शीर्ष प्रतिनिधिहरूसँग गहन छलफल सुरु गरेका छन् ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजित उक्त बैठकमा ठूला करदाताका रूपमा रहेका वैदेशिक तथा स्वदेशी साझेदार कम्पनीका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। छलफल मुख्यतया बजेटले व्यवस्था गरेका सहुलियतको उपयोग, उद्योगहरूले भोग्नुपरेका दिनहुँका प्रशासनिक उल्झन, व्यवसाय विस्तारका सम्भावना र सञ्चालन नाफा/प्रतिफल (Dividend) आफ्नो मूल देशमा लैजाँदा देखिने कानुनी तथा व्यावहारिक जटिलता फुकाउने विषयमा केन्द्रित छ।

अर्थमन्त्री वाग्लेले बजेट कागजातमा मात्र सीमित नभई व्यावहारिक रूपमा कार्यान्वयन होस् भन्ने उद्देश्यले सरोकारवाला निकायहरूसँग प्रत्यक्ष संवादको शृङ्खला चलाएका हुन् ।  यसभन्दा अघि उनले ३३ ठूला स्वदेशी उत्पादनमूलक औद्योगिक समूह, ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) हरू र नेपाल राष्ट्र बैंकका उच्च नेतृत्वसँग चरणबद्ध छलफल गरिसकेका छन् ।

अर्थ मन्त्रालयका अनुसार नेपालमा लगानी गरिरहेका वैदेशिक लगानीकर्ताहरूलाई नीतिगत, कानुनी र प्रशासनिक संरक्षण दिँदै उनीहरूलाई थप लगानीका लागि प्रोत्साहित गर्नु यो बैठकको मुख्य ध्येय हो। सरकारले आगामी दिनमा पनि यस्ता छलफललाई निरन्तरता दिँदै लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक कानुन संशोधन तथा प्रक्रियागत सरलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

छलफलमा सहभागी २० प्रमुख बहुराष्ट्रिय कम्पनीहरू:

अर्थ मन्त्रालयले आयोजना गरेको यस उच्चस्तरीय परामर्श बैठकमा दूरसञ्चार, पेय पदार्थ, सिमेन्ट, उड्डयन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रका अग्रणी कम्पनीहरू सहभागी छन्:

१. एनसेल आजियाटा लिमिटेड

२. आरती स्ट्राईप्स प्रा.लि.

३. गोर्खा ब्रुअरी प्रा.लि.

४. हिमालय एअरलाइन्स प्रा.लि.

५. होङ्शी शिवम् सिमेन्ट प्रा.लि.

६. डुसान इनरबिलिटी कम्पनी लिमिटेड

७. डाबर नेपाल प्रा.लि.

८. वोटलर्स नेपाल (तराई) लिमिटेड

९. युनिलिभर नेपाल लिमिटेड

१०. एशियन पेन्ट्स (नेपाल) प्रा.लि.

११. पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड

१२. गोर्खा लाहारी प्रा.लि.

१३. ह्वासिन सिमेन्ट नारायणी प्रा.लि.

१४. न्यू होप एग्रो बिजनेस नेपाल प्रा.लि.

१५. नेपाल वेलहोप एग्रि–टेक प्रा.लि.

१६. वरुण बेभरेज नेपाल प्रा.लि.

१७. टर्किस एयरलाइन्स इन्कर्पोरेशन प्रा.लि.

१८. भोटेकोशी पावर कम्पनी प्रा.लि.

१९. बर्गर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि.

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय