काठमाडौँः वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार राति अचानक बिरामी परेका उनको उपचारका क्रममा राति पौने १ बजे निधन भएको छोरा डा. विभाष लाभले जानकारी दिए । नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्य सिर्जना गरेका बिमलले भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए। उनी २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा संलग्न थिए।
जगदम्बाश्री पुरस्कारलगायत विभिन्न सम्मानबाट सम्मानित बिमलको आज दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने जनाइएको छ ।






