काठमाडौँ:प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बोलाइएको छ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैगरी, आजै बिहान ११ बजे दुईवटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। सार्वजनिक लेखा समितिको बैठकमा वि.सं. २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जलेका स्रेस्ता र कागजातहरूका सम्बन्धमा छलफल हुने कार्यक्रम छ।

त्यस्तै, आजै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा देशको ‘डिजिटल अर्थतन्त्र’ का विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय