काठमाडौं । नेपालमा लगानी गरिरहेका २० वटा ठूला बहुराष्ट्रिय कम्पनीले करिब २०० अर्ब रुपैयाँ थप लगानी गर्ने प्रक्रिया अघि बढेको बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा कम्पनी प्रतिनिधिहरूले जलविद्युत्, पेन्ट, होटल र पेय पदार्थलगायत क्षेत्रमा लगानी विस्तार भइरहेको जानकारी दिए।

अर्थमन्त्री वाग्लेले उद्योग विस्तार, नयाँ प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न थप लगानी बढाउन आग्रह गरे। उनले सरकार लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।

कम्पनी प्रतिनिधिहरूले भने नीतिगत स्थिरता कायम गर्नुपर्ने, आयकर ऐनको दफा ५७ संशोधन, श्रमिक कानुनमा सुधार, कच्चा पदार्थको भन्सार दर स्थिरता तथा लगानीको प्रतिफल फिर्ता लैजाने प्रक्रिया सहज बनाउनुपर्ने माग राखेका छन्।

छलफलमा सूर्य नेपाल, एनसेल, डाबर नेपाल, युनिलिभर र होङ्सी सिमेन्टलगायत कम्पनीका प्रतिनिधि सहभागी थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय