काठमाडौं । विगत दुई वर्षदेखि विद्यार्थी र अभिभावकको विश्वास जित्दै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘Dear Home Tuition’ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल सरकारबाट आज सम्मानित भएको छ।

शिक्षा क्षेत्रमा छोटो समयमै उल्लेखनीय योगदान पुर्‍याउँदै विद्यार्थीलाई गुणस्तरीय तथा प्रभावकारी होम ट्युसन सेवा प्रदान गर्दै आएको संस्थाले यो सम्मान प्राप्त गरेको हो। संस्थाका लागि यो उपलब्धि केवल एउटा पुरस्कार वा सम्मान नभई विगत दुई वर्षको निरन्तर मेहनत, प्रतिबद्धता र सेवाको मूल्यांकनका रूपमा लिइएको छ।

‘Dear Home Tuition’ ले दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरिरहँदा विद्यार्थी, अभिभावक, शिक्षक, शुभचिन्तक तथा सम्पूर्ण टिमबाट प्राप्त साथ र विश्वासलाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि मानेको छ।

संस्थाले सम्मानलाई आगामी दिनमा अझ जिम्मेवार भएर विद्यार्थीको शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रेरणाका रूपमा लिएको जनाएको छ।

‘युवाको क्षमता, शिक्षा क्षेत्रमा योगदान र राष्ट्र निर्माणमा भूमिका’ भन्ने भावनासँग जोडिएको अन्तर्राष्ट्रिय युवा दिवसमा प्राप्त हुने यो सम्मानले ‘Dear Home Tuition’ को यात्रालाई थप उत्साह र ऊर्जा दिने विश्वास गरिएको छ।

संस्थाले यो सम्मान आफ्ना सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, शुभचिन्तक र टिम सदस्यलाई समर्पित गरेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय