काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही समूहको आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा सक्रिय एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) ले बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म आक्रमण गरेको हो।
स्थानीय सुरक्षा स्रोतका अनुसार आक्रमणका क्रममा सर्वसाधारण, सुरक्षाकर्मी तथा नागरिक समाजका सदस्यहरू मारिएका छन्। विद्रोहीहरूले निहत्था नागरिकलाई निशाना बनाउनुका साथै घरहरूमा आगजनी गरेको बताइएको छ।
घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। आक्रमणकारीको खोजीका लागि सैन्य कारबाहीसमेत सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ।








