काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह र महिला उद्यमी महासंघका पदाधिकारीहरूबीच आज विशेष छलफल हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अबको केही बेरमा सुरु हुने बैठकमा देशमा महिला उद्यमशीलताको प्रवर्द्धन, आवश्यक नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा महत्त्वपूर्ण संवाद हुनेछ।

छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुँदैछन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय