काठमाडौँ:देशका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीहरू उपचार नपाएर छटपटाइरहेका बेला, २३ जना स्वास्थ्यकर्मीहरू भने विनाकुनै जानकारी लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यक्षेत्रबाट लापत्ता भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै ती फरार कर्मचारीहरूलाई १५ दिनभित्र मन्त्रालयमा हाजिर हुन कडा निर्देशन दिएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो सफाइ पेस नगरेमा उनीहरूलाई भविष्यमा स्वास्थ्य सेवाका लागिसमेत अयोग्य ठहरिने गरी सेवाबाटै बर्खास्त गरिने मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयका अनुसार गायब हुनेहरूमा वीर अस्पतालका १३ जना, कान्ति बाल अस्पतालका ६ जना, टेकु अस्पतालका २ जना, राष्ट्रिय क्षयरोग केन्द्रका १ जना र नरदेवी आयुर्वेद चिकित्सालयका १ जना स्वास्थ्यकर्मी रहेका छन्।

लापत्ता हुनेहरूमा कन्सल्टेन्ट डाक्टरदेखि स्टाफ नर्सहरूसम्म सामेल छन्। सरकारी सेवाको म्याद नाघेर बस्ने यी स्वास्थ्यकर्मीहरूमाथि सरकारले चालेको यो आक्रामक कदमलाई आम नागरिकले निकै चासोका साथ हेरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय